बागलुङ । प्रभु बैंक लिमिटेड र इला कम्फर्ट होटल एड रिसोर्टबीच व्यावसायिक साझेदारी भएको छ।
बागलुङ नगरपालिका वडा नं. २ आवारोडस्थित इला कम्फर्ट होटल एड रिसोर्टले सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले होटलका विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने छ ।
इला कम्फर्ट होटल एड रिसोर्टको तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट र क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा होटलमा आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
साढे ३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा ३० कोठा छन् तीमध्ये एक वटा सुइट रुम र एउटा किचन, बैठक र लभिङसहितको रुम छ।
होटलमा ५ देखि २४ हजारसम्मका रुम उपलब्ध छन्।होटलमा अल डे डाइनिङ रेस्टुराँ, एउटा सभा हल , रेस्टुरेन्ट एन्ड बार र प्रयाप्त पार्कीङको सुविधा छ ।













































































































































































































