३ श्रावण २०८३, आईतवार

 

इरानका परमाणु केन्द्रमा अमेरिकी हमला

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।ट्रम्पले ती हमलाहरू निकै सफल भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको फूल पेलोड खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग शत्रुको आक्रमणमा परेकोू जनाएको छ।बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई ूकूटनीतिक रूपमाू सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको जनाएको थियो।

ट्रम्पले आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाउँदै आफ्नो सोसल मिडिया ट्रुथ सोसलुमा लेखेका थिए।कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया जनाएका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई अपमानजनक भन्दै निन्दा गरेका छन्। उनले इरानले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको बताएका छन्।

अमेरिकी हमलापछि जेरुसलेममा कैयौँ विस्फोटहरू र जोर्डनमा साइरनहरू बजेको सुनिएको बीबीसी संवाददाताहरूले जनाएका छन्।इजरेली सेनाले इरानी क्षेप्यास्त्रहरूलाई रोक्न प्रतिरक्षा प्रणालीहरू सक्रिय पारेको जनाएको छ।

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले ूइरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएकोू बताउँदै ूइरानले अब शान्ति कायम गर्नुपर्ने बताए।

यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्, उनले भने।चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले ूइजरेलका लागि यस भयानक खतराू मेट्न एकसाथ काम गरेको बताए।

त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने।याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।

इरानी विदेशमन्त्री अरागचीले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यको हैसियतमा अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्रको गम्भीर उल्लङ्घन गरेको बताए।आज बिहानका घटनाहरू अत्यन्तै घृणित छन् र यसका अनन्त परिणामहरू हुनेछन्। संयुक्त राष्ट्र सङ्घका प्रत्येक सदस्य यो अत्यन्तै खतरनाक, कानुनहीन र आपराधिक व्यवहारप्रति सतर्क हुनुपर्छ, उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्।

यसअघि इरानी अधिकारीहरूले फोर्दो, इस्फहान र नटान्जमा अमेरिकी हमला भएको पुष्टि गरे तापनि इरानलाई ठूलो मार परेको कुरा अस्वीकार गरेका थिए।इरानी संसदका सभामुखका सल्लाहकार मेहदी मोहम्मदीले निशानामा पारिएका कुनै पनि स्थानमा कुनै पनि अपूरणीय क्षति नभएको दाबी गरे।

मोहम्मदीले केही समयअघि ती स्थलहरू खाली गराइएको जनाएका छन्।इरानको परमाणु ऊर्जा निकायले ती बम हमलाहरू अन्तर्राष्ट्रिय कानुन र खासगरी परमाणु अप्रसार सन्धिको बर्बर उल्लङ्घन भएको जनाएको छ।

सो निकायले ती हमलाले इरानको परमाणु महत्त्वाकाङ्क्षालाई रोक्न नसक्ने बताएको छ।अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।

अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग पूर्ण समन्वय मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई साहसिक निर्णयु बताउँदै त्यसको प्रशंसा गरेका छन्।उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।

ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी(२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्।ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्।

ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्।यसअघि अमेरिकी सेनाले आफ्ना बी(२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो।त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung