३ श्रावण २०८३, आईतवार

 

गरिमा समृद्धि र एनएमबि सरल बचत फन्डको प्रतिफल घोषणा

बागलुङ। गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डले प्रतिफल घोषणा गरेका छन् ।

गरिमा समृद्धि फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो ।

लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ ।

साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

यता, एनएमबि सरल बचत फन्ड ५ ले पनि इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल (कर सहित) घोषणा गरेको छ ।

यसले लाभांश प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung