बागलुङ । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
पोखरामा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२५ मा उनीहरूलाई कम्पनीले सम्मान गरेको हो ।
पोखरा ग्रान्डमा आयोजित कार्यक्रम कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिरहरू, प्रदेश प्रमुखहरू र कम्पनीका कर्मचारीहरूको सहभागितामा सम्पन्न गरेको हो ।
कम्पनीका अभिकर्ताको व्यावसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो ।
स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्तालाई नेपालमै निर्मित स्वदेशी आँखीझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरू अभिकर्ता र कर्मचारीको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवा सञ्चालन गर्दै लैजाने उद्घोष गरेका छन् ।
















































































































































































