बागलुङ । नेपाली सेनासहित सबै सुरक्षा निकायहरू, मुख्य सचिव तथा गृहसचिवले प्रधानमन्त्री केपी ओलीको राजीनामा स्वीकृत भएको र राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न मंगलबार अपिल गरेका छन्।
आन्दोलनको दोस्रो दिन जेनजी पुस्ताले संघीय संसद भवन, सिंहदरबार, वालुवाटार, सर्वोच्च र विशेष अदालत, सितलनिवास, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्।
जेनजीको विरोध प्रदर्शनमा आज दिउँसोसम्म २१ जनाको मृत्यु भएको थियो। काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर आज दुई प्रदर्शनकारीको मृत्यु भएको हो ।














































































































































































































