बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य पाँच बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जेनजी समूहको आन्दोलन र त्यसबाट सृजित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ बजार, गलकोट बजार, बडिगाड, ढोरपाटन र कुश्मिसेरा बजारमा निशेधाज्ञा जारी गरिएको बागलङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले जानकारी दिनुभयो ।
बागलुङ बजारको बागलुङ नगरपालिका–१,२,३ र ४ वडाहरु, गलकोट नगरपालिका–६,५ ३ वडा जैमिनी नगरपालिका–१ कुश्मिसेरा, बडिगाड गाउँपालिकाको लोकमार्ग वरपरको ५०० मिटर र ढोरपाटन नगरपालिका–१, २,३ बुर्तिवाङ बजारमा आज बिहान १०:३० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म निशेधाज्ञा जारी गरिएको छ ।














































































































































































































