३ श्रावण २०८३, आईतवार

 

जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु

बागलुङ। जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको नेपाल सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ ।

यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung