३ श्रावण २०८३, आईतवार

 

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति, दुई सय कालिज मरे

बागलुङ । बागलुङको एक कालिज फार्ममा शुक्रबार चितुवाले आक्रमण गर्दा चार लाख बराबरको कालिज मारेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ स्थित सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख बराबरको कालिजमा क्षति पुगेको छ ।

विक्री गर्नका लागि तयारी गरिएको कालिजमध्ये २०० कालिज चितुवाको आक्रमणबाट मरेको फार्मका सञ्चालक चुडामणी कँडेलले जानकारी दिनुभयो ।

यस्तै ६० भन्दा बढी कालिजलाई चितुवाले घाइते बनाएर चितुवा भागेको थियो । चितुवाको आक्रमणले ठूलो संख्यामा कालिज मरेपछि चिन्तित बनाएको कँडेलले बताउनुभयो ।

कँडेलले २०७५ सालदेखि कालिज पाल्दै आउनुभएको थियो । फार्ममा अहिले १ हजार ८०० कालिज रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung