बागलुङ । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सदाबहार बचत तथा ऋण सहकारीमा कार्यालयमा सोमबार धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
सहकारीमा सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठ, कार्यसमिति सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सेयर सदस्यहरु र कर्मचारीहरुलगाएतले लक्ष्मी पूजा गर्नु भएको थियो ।
३ सय ४२ जना सेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी २ करोड ४२ लाख रहेको छ । विसं २०६४ साल बसन्त पञ्चमीको दिनमा १ सय १७ जना शेयर सदस्यहरुको पहलमा काठमाडौंको बागबजारमा यो सहकारी संचालनमा आएको थियो ।यस सहकारीले ८ जना युवालाई रोजगारी पनि दिएको छ ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धापैसालाई लक्ष्मीको प्रतिकको रूपमा मानिन्छ । दैनिक रूपमा लक्ष्मी आउने र जाने हुनाले लक्ष्मीलाई खुसी पार्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । पैसा, यन्त्र र तन्त्रको कारोबार हुने कार्यालयहरुमा लक्ष्मीपूजा गरिने परम्परा छ ।
लक्ष्मीपूजालाई विशेष महत्त्वका साथ कार्यालय र घरघरमा पूजा गरिन्छ । लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी कार्यालय तथा घरभरि दियो बाली मनाइन्छ ।













































































































































































































