३ श्रावण २०८३, आईतवार

 

धवलागिरि बहुमुखी क्याम्पसमा बहुउद्देश्यीय भवन निर्माण थालियो

बागलुङ । जीर्ण भवनबाट सेवा दिदै आएको धवलागिरि बहुमुखी क्याम्पसले नयाँ भवन निर्माण थालेको छ । बिबिए कार्यक्रम संचालन भएको दशक पुग्न लाग्दापनि पुरानो र जीर्ण भवनमा सञ्चालन भइरहेको छ ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा उच्च स्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन मिर्नाण थालिएको छ । बिबिए, विज्ञान र विआइसिटीइ कार्यक्रमकालागि उक्त भवनको उपयोग गरिने छ ।

साथै अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ । त्रिभूवन विश्व विद्यालय र विश्व विद्यालय अनुदान आयोगको सहमति पछि नेपालका ४ वटा क्याम्पसमा यस्तो भवन निर्माण हुँदैछ ।

रु एक करोड ७२ लाखको लागतमा थालिएको भवनको रु १ करोड २८ लाखमा ठेक्का लगाएर निर्माणको काम थालिएको धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक डा. सुर्दशन सिलवालले जानकारी दिनुभयो ।

आगामी चैत मसान्त सम्ममा यो भवन बनिसक्ने गरी खुसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । हाल धवलागिरि बहुमुखी क्याम्पसमा संचालित बिबिए कार्यक्रम नेपाल भरमै उत्कृष्ट छ ।

त्रिभुवन विश्व विद्यालयमा धवलागिरि क्याम्पसबाटै सर्वोकृष्ठ अंक सहित विद्यार्थीहरु उत्तिर्ण भएका छन् । चालु शैक्षिक वर्षदेखि क्याम्पसमा बिआइसिटी कार्यक्रम पनि संचालन हुँदैछ ।

त्यसकालागि ९० जना विद्यार्थीले आवेदन दिइसकेको सिलवालले जानकारी दिनुभयो । यो भवनमा अत्याधुनिक ल्याव समेत बनाइने छ । उक्त ल्याव विज्ञान, बिआइसिटी र बिबिए समेतकोलागि उपयोगी हुनेछ ।

विश्व विद्यालय अनुदान आयोगले पोखरा स्थित पृथ्वीनारायण क्याम्पस, नसिंङ क्याम्पस लगायतको भवन पनि बन्ने छ । हाल धवलागिरि बहुमुखी क्याम्पसमा व्यवस्थापन र विज्ञान संकाय तर्फ आर्कषण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung