बागलुङ । एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एङ्कर लगानी रहेको एनआईबीएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई संस्थाको सह–प्रमुखमा नियुक्त गरेको छ।
नेपालको विकसित हुँदै गएको पूँजी बजारमा मल्लसँग रहेको लगानी रणनीति, क्लाइमेट फाइनान्स, निजी इक्विटी तथा दिगो वित्तीय क्षेत्रसम्बन्धी अनुभव संस्थाको दीर्घकालीन रणनीतिक लक्ष्यका लागि महत्वपूर्ण हुने संस्थाले जनाएको छ।
नयाँ भूमिकामा, मल्लले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्तीय रणनीतिहरूमा संस्थाको नेतृत्व सुदृढ गर्ने जिम्मेवारी पाउनेछिन।
उनी ईएसजी–सम्बद्ध लगानी संरचना विस्तार, ड्यु–डिलिजेन्स प्रक्रियाको मजबूती, पोर्टफोलियो निगरानी तथा नेपालको आर्थिक रूपान्तरणलाई समर्थन गर्ने दिगो वित्तीय साधनहरूको विकासमा केन्द्रित हुनेछिन्।













































































































































































































