३ श्रावण २०८३, आईतवार

 

महिला हित सहकारीको २४औँ साधारण सभा सम्पन्न

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाको २४औँ साधारण सभा तथा ८औँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाका सचिव सावित्री केसीको आर्थिक वर्ष २०८१, ०८२ को प्रगति तथा चालु आर्थिक वर्ष २०८२,०८३ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष पम्फा कुमारी किसानको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

कार्यक्रममा महिला हित बचत तथा ऋण सहकारी संस्थाकी सल्लाहकार खड्क कुमारी खड्का, अध्यक्ष लिला देवी खड्का, सल्लाहकार अधिवक्ता लक्ष्मी बाँस्कोटा, सहकारीकर्मी रामबहादुर जिसी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, मानवसेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा उत्कृष्ट बचत तर्फ, उत्कृष्ट कारोबार, साहसी महिला, व्यावसायिक महिला, श्रमिक महिलालाई सम्मान गरिएको थियो । साथै कर्मचारीतर्फ सुरक्षा गार्ड शर्मिला थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी केसी खड्काको अध्यक्षता, कोषाध्यक्ष पम्फा कुमारी किसानको स्वागत र सचिव सावित्री केसीको संचालन सम्पन्न भएको थियो ।

विसं २०५८ मंसिर ८ गते बागलुङ नगरपालिका३ गुठीमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १३ सय ३४ जना, पुँजी २ करोड ९० लाख, लगानी १० करोड ७१ लाख र तरलता १० करोड ७१ लाख रहेको छ ।यस सहकारीले सात जना महिलालाई रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung