३ श्रावण २०८३, आईतवार

 

शिक्षक हित बचत तथा ऋण सहकारीको १४औँ साधारणसभा सम्पन्न

बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारीको १४औँ साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

साधारणसभामा शिक्षक हित बचत तथा ऋण सहकारीका  सचिव होमनाथ गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुमिराज शर्माले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक इन्द्रा खड्काले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा  शिक्षक हित बचत तथा ऋण सहकारीका सल्लाहकार तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष गोविन्द भण्डारी, सल्लाहकार तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यसमिति सदस्य गंगा शर्मा, सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार दिपक गौतम, सेवा निवृत उपसमिति संयोजक टिकाराम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव विक्रम शर्मा, नेपाल शिक्षक संघ बागलुङका उपसचिव वीरबहादुर किसान, तित्याङ माविका प्रधानाध्यापक कुमार प्रसाद उपाध्यायले मन्तव्य व्यक्त गरेका छन् ।

कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने सेयर सदस्यहरु र शिक्षक सेवाबाट बढुवा भएका, नयाँ नियुक्ति भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम शिक्षक हित बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष महेन्द्रबहादुर कार्कीको स्वागत र सचिव होमनाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा कार्यालय रहेको सहकारी २०६८ सालमा स्थापना भएको हो ।

संस्थामा हाल ४ सय ९८ जना शेयर सदस्य रहेका छ । संस्थाको हाल १ करोड १ लाख शेयर पुँजी रहेको छ भने हालसम्म १ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । यस सहकारीले ७ जना युवालाई रोजगारी पनि दिएको छ ।

सहकारीले नमुना अफसेट प्रेस पनि संचालन गरेको अध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung