बागलुङ । सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा शुक्रबार काठमाडौंको होटल ऐलो प्यागोडामा सम्पन्न भएको छ ।
साधारणसभामा नेपाल बाल संगठनका महासचिव,पूर्वसचिव तथा काठमाडौं महानगरपालिकाका विज्ञ सल्लाहकार जिवन प्रभा लामा, बागलुङ समाज कल्याण केन्द्र काठमाडौका अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठ, धौलाश्री बहुउद्धेश्यीय सहकारीका अध्यक्ष यामबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
सभामा वनस्पती विज्ञानका प्राध्यापक कृष्ण गोपाल सैजुलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सहकारीले १० प्रतिशत लाभांश पनि वितरण गरेको छ ।
साधारणसभामा सदाबहार बचत तथा ऋण सहकारीको अध्यक्ष किस्मत मणि श्रेष्ठले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक भगवान कुमार श्रेष्ठले लेखा प्रतिवेदन र कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा किस्मत मणि श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्ष ईश्वरी कर्माचार्यले स्वागत र कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
सहकारीको हाल सेयर पुँजी २ करोड ४१ लाख ७८ हजार, लगानी १६ करोड ३५ लाख ३२ हजार सय र निक्षेप २० करोड ५९ लाख ५ हजार ६ सय २८ रुपैयाँ रहेको छ । सहकारीमा ८ जना युवाहरुले रोजगारी पाएको छ ।
विसं २०६४ सालमा १ सय १७ जना शेयर सदस्यहरुको पहलमा काठमाडौं महानगरपालिका वडा नं २८, धर्मचक्र गल्ली, बागबजारमा सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो ।




















































































































































































































