बागलुङ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाका पहिरो प्रभावितहरूलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग रकम कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा मेयर केदार थापालाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्सको इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिन माया बस्नेत, सितामाया थेगिम र अग्रज व्यक्तित्व रोशन कर्माचार्यसहित कम्पनीका अन्य कर्मचारीहरू उपस्थित थिए।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई अघि बढाउने योजना रहेको जनाएको छ।
साथै, सानिमा रिलायन्सले देशभर १६९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ, कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। करिब २० हजार भन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत छन्।













































































































































































































