३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार महासघ ललितपुरको अध्यक्षमा सानुराजा घिमिरे

बागलुङ । नेपाल उद्योग व्यापार महासघ ललितपुरको दोस्रो जिल्ला अधिवेशन मंगलबार महालक्ष्मीस्थानमा सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्ष सानुराजा घिमिरे (राज) को नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल, उपाध्यक्षहरुमा तिर्थ लामा, महेश लामा, नविन महर्जन, उषा काफले, महासचिवमा अन्जान गौतम, उपमहासचिवमा राज कार्की, सचिवहरुमा उपेन्द्र कलवार, शन्तबहादुर तामाङ, संजय लामा, कोषाध्यक्षमा बेलमती रोकाया, सहकोषाध्यक्षहरुमा दिपक बुडाथोकी र टिमाराम खत्री रहेका छन् ।

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसाल,नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित),  नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी,नेपाल उद्योग व्यापार महासघ बागमती प्रदेश महासचिव सन्तोष पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासघ ललितपुरका अध्यक्ष सानुराजा घिमिरे (राज) को अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गहेन्द्र कार्कीको स्वागत र कार्यसमिति सदस्य उषा काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung