बागलुङ । माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २६औँ साधारणसभा सम्पन्न गरेको छ। शनिबार सम्पन्न साधारणसभाले पुनः गोविन्द प्रसाद शर्माको अध्यक्षतामा नयाँ संचालक समितिको निर्माण गरेको छ।
समितिको सचिवमा एक नारायण उपाध्याय र कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र आचार्य , भक्तराज भूसाल, सरस्वती कुमारी शर्मा (सापकोटा ) , राजेन्द्र क्षेत्री , खिमा कुमारी न्यौपाने रहेका छन् ।
त्यस्तै , लेखा समितिको संयोजकमा जैसरा शर्मा र सदस्यहरुमा शुक्र राज बराल तथा हरि कृष्ण कँडेल निर्वाचित भए।
सभामा पूर्वसांसद ऋषिकेश तिवारी, गृहमन्त्रालय सहसचिव प्रकाश पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, जिवन विज्ञान प्रशिक्षक गंगा देवी शर्मा, निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता र सचिव एक नारायण उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।
२०५६ सालमा विश्व मोहन ओझाको नेतृत्वमा संचालनमा आएको यस सहकारीमा सेयर सदस्य ६ सय ३ जना, सेयर पुँजी २ करोड ५७ लाख, २७ करोड लगानी रहेको छ भने यस सहकारीले ९ जनालाई रोजगारी दिएको छ ।
सहकारीका सेयर सदस्यहरुले सेवामुलक कार्य गर्न अक्षय कोष पनि स्थापना गरेको छ । कोषमा हालसम्म ६४ लाख जम्मा भएको छ । यस सहकारीका सेयर सदस्यहरुको अगुवायीमा लायन्स क्लब अफ माउण्ट धौलागिरी स्थापना गरिएको छ ।

















































































































































































































