३ श्रावण २०८३, आईतवार

 

शुभलाभ बचत तथा ऋण सहकारीको अध्यक्षमा दुर्वल राजभण्डारी, सचिवमा भिमसेन शाक्य

बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा दुर्वल राजभण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । बुधबार भएको निर्वाचन अनुसार समितिका उपाध्यक्षमा दिपक ज्योति श्रेष्ठ, सचिवमा भिमसेन प्रसाद शाक्य, कोषाध्यक्षमा रघुराम भारी, सह-सचिवमा मच्छिन्द्र शाक्य रहेका छन् ।

साथै सदस्यहरुमा विकास शाक्य, मधुसुदन राजभण्डारी, रन्जित प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, सुरज कुमार मलेपती र दिपरत्न श्रेष्ठ रहेका छन् ।

लेखा समिति संयोजकमा गोविन्द प्रसाद वझा र सदस्यहरुमा राजेन्द्र राजभण्डारी र शान्तीमाया श्रेष्ठ रहेको निर्वाचन समितिका संयोजक युक्त जंग राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद मलेपतिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

२०६४ सालमा ईश्वर बज्राचार्यको नेतृत्वमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १ सय ४९ जना, सेयर पुँजी १ करोड ३३ लाख १ सय रहेको छ । बागलुङ नगरपालिका ३ लालिगुराँस चोकमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएका छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung