३ श्रावण २०८३, आईतवार

 

जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा खिम कार्की, सचिवमा गणेश नेपाली

बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १७औँ साधारणसभाले संघको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ ।

समितिको उपाध्यक्षमा पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली र कोषाध्यक्षमा पूर्ण प्रकाश पौडेल रहेका छन् । साथै सदस्यहरुमा गगनबहादुर पुन, जगन्नाथ सापकोटा, शिव कुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङ रहेका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा डिलबहादुर केसी र सदस्यहरुमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्त रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले जानकारी दिनुभयो ।नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सहकारीको उद्धेश्य र सहकारीको आन्दोलनको मर्म अनुसार जिल्ला सहकारी संघको संस्थागत विकासमा सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने नव निर्वाचित अध्यक्ष कार्कीले नयाँविश्वलाई बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung