बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयले आठौँ बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न खेलमा प्रथम, द्धितीय र तृतीय हुने विजयी खेलाडीहरुलाई पृुरस्कृत गरिएको छ ।
शुक्रबार विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष श्रीजय श्रेष्ठ, सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद शर्मा र विहानी ईन्चार्ज कुलराज शर्माले विजयी खेलाडीहरुलाई पदक, नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीको अध्यक्षता र खेल प्रशिक्षक संदिप पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
शिक्षासेवी ओमप्रसाद गौचन र मेघ कुमार वैद्यले विसं १९९७ सालमा विद्यामन्दिर माध्यमिक विद्यालय (घरेलु उद्योग विद्यामन्दिर) स्थापना भएको गर्नु भएको थियो । सुरुमा यो विद्यालय १९९५ सालमा राधाकृष्ण मन्दिरको पौवामा सञ्चालनमा आएको थियो ।




















































































































































































































