बागलुङ । नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औँ साधारणसभाले मेजर तेजबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । खत्रीको अध्यक्षतामा १२ सदस्यीय सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा प्रेमबहादुर क्षेत्री, कोषाध्यक्षमा अगनबहादुर खड्का र सहसचिवमा भुमिकला थापा रहनुभएको छ ।
साथै संचालक समिति सदस्यहरुमा प्रकाश पौडेल, तुलसी खड्का केसी, सरस्वती खड्का क्षेत्री र लालबहादुर केसी रहेका छन् ।
यसैगरी हेमराज गौतम संयोजक र कृष्ण बहादुर खड्का र तेजबहादुर केसी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको निर्वाचन समिति संयोजक तथा कानुनी सल्लाहकार अधिवक्ता रमेशबहादुर खड्काले जानकारी दिनुभयो ।
सभामा नवरत्न सहकारी संस्थाका सदस्य तथा नवप्रतिभा परोपकार बहुउदेश्यीय सहकारीका अध्यक्ष प्रेम केसी, सहकारीका संस्थापक अध्यक्ष बलबहादुर खड्का, संस्थाका पूर्वअध्यक्ष हेमबहादुर खत्री, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार दिल बहादुर कार्की, नवरत्न सहकारी संस्थाका कानुनी सल्लाहकार अधिवक्ता रमेशबहादुर खड्का र नवरत्न सहकारीका संचालक कविराज जिसीले मन्तव्य व्यक्त गरेका थिए ।
सभाले सचिव मेजर तेज बहादुर खत्रीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेमबहादुर क्षेत्रीको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य चित्रबहादुर खत्री क्षेत्री र जई कुमारी घर्ति क्षेत्रीलाई, असल ऋणी, उत्कृष्ट बचतकर्ता, असल बाल बचतकर्ता र सामुदायिक एवं आवसिय विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
कार्यक्रम नवरत्न बहुउद्देश्यीय सहकारीका अध्यक्ष देवबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरिबहादुर कार्कीको स्वागत र सचिव मेजर तेजबहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































