३ श्रावण २०८३, आईतवार

 

साझेदारी बहुउद्देश्यीय सहकारीको १८औँ साधारणसभा सम्पन्न

बागलुङ । साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको छ ।

सभामा जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्मा, बागलुङ जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष तथा सहकारी अभियन्ता चण्डी प्रसाद शर्मा, कमरर्शियल बहुउद्देश्यीय सहकारीका अध्यक्ष हिरामणि सुवेदी, साझेदारी बहुउद्देश्यीय सहकारीका निर्वतमान अध्यक्ष हरिप्रसाद गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले सहसचिव श्रीकृष्ण पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश राज लम्सालको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक मनोज राज शर्माको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले रिक्त रहेको सचिव पदमा कोषाध्यक्ष गणेश राज लम्साललाई, कोषाध्यक्षमा बाबुराम शर्मालाई, सदस्यमा सृजना शर्मा रिजाललाई चयन गरेको छ ।

कार्यक्रम साझेदारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष चुडामणि आचार्यको स्वागत र सहसचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

२०६४ साल राजु केसीको नेतृत्वमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १७ सय ७६ जना, सेयर पुँजी ४ करोड ९० लाख रहेको छ । बागलुङ नगरपालिका-२ हल्लनचोकमा कार्यालय रहेको यस सहकारीले ९ जना युवालाई रोजगारी पनि दिएका छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung