३ श्रावण २०८३, आईतवार

 

एकता सहकारीको २७औँ साधारणसभा सम्पन्न

बागलुङ । एकता सहकारी संस्था लिमिटेडको २७औँ साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको छ । सभामा पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि संरक्षक पद्यचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले अध्यक्ष ध्रुव प्रसाद शर्माको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पवन लाल राजभण्डारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम एकता सहकारीका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र लेखा समिति सदस्य रिता देवी शर्माको संचालनमा सम्पन्न भएको थियो ।

२०५६ साल स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १९ सय , सेयर पुँजी ९ करोड १४ लाख रहेको छ । बागलुङ नगरपालिका-२ आवारोडमा कार्यालय रहेको यस सहकारीले १५ जना युवालाई रोजगारी पनि दिएका छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung