बागलुङ । बागलुङ नगरपालिका-२ जिपपार्कमा रहेको युएस एकेडेमी युनिभर्सल सवलाइम एकेडेमीमा शुक्रबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाइएको छ ।माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाईन्छ ।
प्रिन्सिपल अशोक केसीका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए ।ससाना बालबालिकाहरुले आजदेखि अक्षर आरम्भ गरेका छन् ।
पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विद्यालयका निर्देशक दल थापाले बताउनुभयो ।
पञ्चमीमा सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गरिन्छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउनुछन् ।
विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी थिए ।


































































































































































































