३ श्रावण २०८३, आईतवार

 

‘ब्लु हिल’ मा तीन करोडको पूर्वाधार बन्दै

बागलुङ । बागलुङ नगरपालिकाले गौरवको आयोजनाको रुपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ । आगमी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुँनेछ । यस अघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु। ७० लाख खर्च गरिसकेको छ ।

आँखै अघि देखिने दुई दर्जन हिमश्रङ्खला र बागलुङ बजारको दृश्यले बागलुङलाई पर्यटकीय हव बनाउनका लागि नगरपालिकाले ब्लुहिल नामाकरण गरेको थियो ।

ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माणको काम गत वर्षदेखि थालिएको थियो । रु।२५ करोडको पूर्वाधार बनाउने डिपिआरमा उल्लेख गरिएको छ ।

‘ब्लु हिल’ गत वर्ष पहिलो चरणमा रु।७० लाख र चालु आर्थिक वर्षमा दोस्रो चरणमा साढे दुई करोडको काम भइरहेको छ । अहिले ब्लुहिलमा निर्माण गर्ने २० फिट शिवको मुर्ती राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने कार्य भइरहेको छ ।

डोयको उक्त निलो पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्न नगरपालिकाले पालिकाको बजेट सबैभन्दा बढी एकै ठाउँमा लगानी गरिरहेको छ । यस वर्ष साढे दुई करोडको पूर्वाधार सहित शिवमुर्ती निर्माण गर्नका लागि मिर्नाण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले धमाधम काम गरिरहेको छ ।
प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्राउने उदेश्य राखिएको बागलुङ नगरपालिकाले जानएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाको रुपमा डोयको पहाडलाई ब्लु हिल नामाकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न डिपिआर बनाएर काम अघि बढाएको थियो ।

मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

“नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथी शिवमुर्ती बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्राउने उदेश्य राखेका छौं, ठूलो पूर्वाधार बनेपनि स–साना पूर्वाधारहरु पछि बन्दछन्” वडा अध्यक्ष थापाले भन्नुभयो “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले समेत प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रु। २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयार गरेको थियो ।

गत वर्ष जग्गा सम्माउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जीम हल, मन्दिर, पार्किङ लगायतका अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख गरिएको छ ।
दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले नगरपाकिलाकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउदै ब्लुहिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने पक्का रहेको जानकारी दिनुभयो ।

“नगरपालिकाभित्रको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको डोय निकै हरियाली छ, आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्राउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ, अहिले एक साथ १६ वटा पिल्लर खडा गरिएको छ” श्रेष्ठले भन्नुभयो

“ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामाकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियाली पहाडबाट धौलागिरी, माछापुच्छ्रे, निलगिरी अन्नपूर्ण लगायतका दुई दर्जन हिमाल संगै बागलुङ बजार देख्न सकिन्छ ।”
समुन्दी सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लुहिलले चर्चा पाउन थालेको छ ।

डिपीआरअनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung