३ श्रावण २०८३, आईतवार

 

महिला हित सहकारीद्वारा ओविसरा थापा प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । महिला हित बचत तथा ऋण सहकारीले बागलुङ नगरपालिका-३ राधाकृष्ण टोल निवासी ओविसरा थापाको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

बागलुङ नगरपालिका-३ गुठीमा सञ्चालनमा रहेको महिला हित बचत तथा ऋण सहकारीका सेयर सदस्य खगी थापाकी बुहारी ओविसरा थापा प्रति महिला हित सहकारीका अध्यक्ष लिला देवी खड्काले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

थापाको ४४ वर्षको उमेरमा गत माघ ५ गते देहावसान भएको थियो ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट आमा खगी थापाले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन महिला हित बचत तथा ऋण सहकारीका सचिव पम्फा किसानले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung