बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको कक्षा ११ र १२ को दोस्रो आवधिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृति गरिएको छ ।
व्यवस्थापन समूह र शिक्षा समूहमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीको सिकाई उपलब्धी परीक्षाको नतिजामा देखिन गरी ल्याउन विद्यार्थी र शिक्षकले थप मेहनत गर्नु पर्ने र त्यसको लागि व्यवस्थापन समितिले सक्दो सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक मुकुन्द प्रसाद शर्माको अध्यक्षता, विहानी इन्चार्ज शिक्षक कुलराज शर्माको स्वागत र परीक्षा संयोजक शिक्षक शंकर थापाको संचालन गर्नु भएको थियो ।



































































































































































































