३ श्रावण २०८३, आईतवार

 

संस्थापक सेयरधनीले नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा राखियो सानिमा रिलायन्सको सेयर

काठमाडौं । संस्थापक सेयरधनीले खरिद नगरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिको छ।

इन्स्योरेन्सले २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर सर्वसाधारण तथा अन्य लगानीकर्ताले पनि खरिद गर्नसक्ने गरी दोस्रो चरणमा बिक्रीमा राखेको हो।

यसअघि पहिलो चरणमा इन्स्योरेन्सले माघ १ गते ३५ दिनको समय दिएर संस्थापक सेयरधनीमा खरिद आह्वान गरेको थियो।

तर संस्थापक सेयरधनीले खरिदका लागि आवेदन नदिएपछि इन्स्योरेन्सले अन्य व्यक्तिरसंघसंस्था साथै विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो।

उक्त सेयर फागुन २७ गतेसम्म खरिद गर्न सकिने इन्स्योरेन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung