३ श्रावण २०८३, आईतवार

 

अमेरिकी साम्राज्यवादसँग झुक्ने छैन फेरी उठ्नेछ इरान

सात समुन्द्रपारीको साम्राज्यवादी अमेरिका र उसको कठपुतली इजरायलले हमला गरेर इरानको तहस नहस पार्नु अमानवीय, गैरकानुनी र गैरन्यायिक कर्तुत हो । यो युद्ध, बर्बर आतंक र हस्तक्षेपको इतिहासले पक्कै हिसाब गर्नेछ । सचेत मानवले कडा विरोध गर्नैपर्छ ।

हो इरानमा लोकतन्त्र थिएन । मानव अधिकार, वाक स्वतन्त्रता, महिला अधिकार केही थिएन । गरिवि थियो । इस्लामिक धार्मिक राज्यसत्ता थियो । र, विरोधीमाथी कडा दमन थियो । त्यहि देशका जनताले आफ्नो अधिकारको लागि जे सुकै गर्न सक्थे त्यो स्वभाविक नै थियो । तर, विदेशी आक्रमण कदापी स्विकार छैन ।

अमेरिकी नीति छ हरेक देश आफ्नो ‘दास बन या मर’ संसारमा थोरै देश छन् जसले अमेरिकी दादागिरी सामु नझुकी आफ्नै तरिकाले उभिन खोज्ने, जसमध्ये शुरुमै आउँछ इरान । अमेरिकी इसारामा चल्दिन स्वतन्त्र रुपमा उभिन्छु भन्दा आज एउटा देश इरान ध्वस्त भैरहेको छ र त्यो देशका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले सहादत प्राप्त गरे ।

खामेनीले चाहेको भए अमेरिकासंग सम्झौता गर्न सक्थे । रुसमा शरण लिन सक्थे । बंकरमा लुक्न सक्थे । तर, दुश्मनसंग लडेरै मरे । उनी इतिहासमा साम्राज्यवाद विरोधी महान सहिदको रुपमा चिनिने छन् । आफु सकिन तयार भए तर झुकेनन् । उनको अन्त्यसंगै एउटा नयाँ इतिहास लेखिएको छ ।

साम्राज्यवादको संधै कडा विरोध गरेर ३६ वर्षदेखि शासन गरेका ८६ वर्षीय खमेनीले जीवनको उत्तरार्धमा अमेरिकासामु घुँडा टेक्नुभन्दा सामना गरेर साहसी मृत्युवरणको बाटो रोजे । उनी आफु सकिए पनि साम्राज्यवाद विरोधी आन्दोलन झनै तेज पारेर विदा भएका छन् । नयाँ पुस्ता र अन्य स्वतन्त्र देशको शक्ति र प्रेरणा बने ।

इरानमा अमेरिका र इजरायलले हमला गरेपछि सयौं इरानी जनता, इरानको राजनीतिक र सैन्य नेतृत्वसंगै खामेनीको हत्या भएपछि इरानी जनतामात्रै हैन संसारभरका न्यायप्रेमी र साम्राज्यवाद विरोधी जनताहरु विरोधमा उत्रिएका छन् । स्वतन्त्र र सार्वभौम देशमाथीको आक्रमणप्रति अमेरिकाको संसारभरबाट विरोध भैरहेको छ ।

यो घटना मानव अधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको पूर्ण परित्याग र अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला धज्जी उडाइयो ।

एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गरेर तथा विद्यमान सबै प्रकारका अन्तर्राष्ट्रिय वैधानिकतालाई कुल्चँदै, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरू र संयुक्त राष्ट्र संघको बडापत्रसमेतको उल्लंघन गरेर इरानमाथि गरिएको यो जङ्गली आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्नैपर्छ ।

अमेरिकाले केही केही महिनाअघि भेनेजुएलामा हमला गरि त्यो देशका राष्ट्रपति मदुरोलाई अपहरण गरेर बद्नामी कमायो भने फेरी इरानमाथीको हमलाले थप बद्नामी र विरोध खेप्नु पर्नेछ ।

सत्ता, शक्ति र हतियारको बलमा साम्राज्यवादी अमेरिका, फांसिवादी इजराल र सनकाहा ट्रम्प तथा बेन्जामिन नेतन्याहुलाई समयले पक्कै कठघारामा उभ्याउनेछ । अहिले उनीहरु खुसीले गदगद भएपनि जिवनको कुनै क्षणमा यो महाअपराधले छटपटिने छन्, आत्मग्लानीले तड्पिने छन् ।

अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग ९आइएइए० दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । र, लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको थियो ।

इरानको त्यहि एउटा गल्ति थियो । उसले आफूलाई खाडी क्षेत्रको सबभन्दा शक्तिशाली राष्ट्रको रुपमा खडा गरेको थियो । र अमेरिकी शर्त उसलाई मन्जुर थिएन । केहि दिन अघिसम्म इरानसंग वार्ताको नाटक गरेर अमेरिकाले जुन हमला गर्यो यो इतिहासमा नमिटिने कालो दागको रुपमा रहने छ ।

इरान वर्षौदेखि अमेरिकाको नाकावन्दीमा थियो । तेल उत्पादनमा राम्रो भएपनि नाकाबन्दीका कारण उ लामो समयदेखी समस्यामा छ । इरानको तेलमा अमेरिकी आँखा परेको छ । त्यसैले पनि आक्रमणमा पर्यो ।

१ वर्षदेखि अमेरिकाको हतियारद्वारा इजरायलको आक्रमणमा पर्दै आयो । तर, उ झुकेन जवाफ दिइ रह्यो । उसले शुरुमै आक्रमण भने गरेको छैन ।

गाँजाको नरसंहारदेखि लिएर इरानमाथीको बर्बर आतंकले ट्रम्प र नेता इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अलोकप्रिय बन्दै गएका छन् । अमेरिकाले अफगानिस्तान, इराक, लिबिया, सिरिया लगायतका देशमा हमला गरेर ति देश तहसनहस पार्यो ।

अब पालो आएको इरानको छ । तर, इरानका सर्वोच्च नेता खामेनी सहित उच्च नेता र सैन्यको हत्या भएपनि इरानले आत्मसमर्पण गर्ने छैन । उ लडिरहने छ । घुँडा टेक्ने छैन । उ सकिन तयार छ तर, दास बन्ने छैन ।

भनिन्छ नी ‘अपमानको ठुलो उपहार भन्दा आत्मसम्मानको मृत्यु महान’ हो । आज इरान त्यहि बाटोमा छ । उ थाक्ने छैन । हजारौं हमलाको प्रतिकार गरि रहनेछ । इरानले साम्राज्यवाद र फाँसीवादलाई एक दिन झुकाउने छ । फेरी नयाँ शिराबाट जुरुक्कै उठ्ने छ इरान १११

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung