बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं– १ बाट प्रतिनिधिसभामा निर्वाचित रास्वपाका सुशिल खड्काले आफ्नो सम्पर्क सचिवालय स्थापना गर्नुभएको छ ।
खड्काले निर्वाचन जितेको भोलीपल्टै बागलुङ नगरपालिका वडा नं–३ को गुठीमा सम्पर्क सचिवालय स्थापना गर्नुभएको हो । जनताको गुनासो सुन्ने अधिकारी सहित सम्पर्क कार्यालय स्थापना गरिएको हो ।\
स्थानीयका गुनासा, सुझाव र सहयोग संकलन गर्ने तथा ती विषयलाई संसदसम्म लैजाने लक्ष्यले सचिवालय बनाएको खड्काले बताउदै समस्यापरे जनतलाई आउन आग्रह गर्दै भनसुनका काम लिएर जिल्लामा नआउन आग्रह गर्नुभयो ।
कार्यालय स्थापना गर्दै खड्काले जनताको सेवा गर्ने अवसरका लागि अनुमोदन गर्नै जनतलाई धन्वयाद दिदै समस्या र गुनासो लिएर कार्यालयमा आउन आग्रह गर्नुभएको छ ।
सचिवालयमा युवा अभिषेक कटुवाल र झपेन्द्र केसीलाई सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ । कार्यक्रम राजेन्द्र आचार्यको संचालन र रास्वपाका क्षेत्रीय अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।














































































































































































































