४ श्रावण २०८३, सोमबार

 

पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहन्छ : विप्लव

बागलुङ । माओवादी महासचिव विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन्। निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा ३ प्रतिशत मत नपाएपछि विप्लवले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले परिणाम जे आए पनि जनताको बीचबाट संघर्ष जारी रहने र देश र जनताको हितमा काम गर्ने बताए।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन् । पहिलोपटक निर्वाचनमा भाग लिएको माओवादीले प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत नपाएपछि विप्लवले क्रान्ति जारी रहने बताएका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले परिणाम जे आएपनि जनताको बिचबाट डटेर संघर्ष जारी रहने बताएका छन् । ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसदमा पुगेर मात्र होइन जनताको बिचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ । पुँजीवाद रहेसम्म समाजवादी–साम्यवादी क्रान्ति जारी रहनेछ’, उनले लेखेका छन् ।

२०७० सालदेखि निर्वाचन बहिस्कार गर्दै आएको माओवादीले योपटक १३० स्थानमा उम्मेदवारी दिएको थियो । मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार,नीति र उद्देश्य राख्नु राखेकोमा उम्मेदवार र मोर्चामा खटिने सबै नेताहरूलाई उनले धन्यवाद दिएका छन् ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung