४ श्रावण २०८३, सोमबार

 

एमालेका गण्डकी प्रदेश सदस्य उप्रेती नेकपामा प्रवेश

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश सदस्य नेता तिलक उप्रेती नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उप्रेतीले मंगलबार नेकपा एमाले परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता दिनानाथ शर्मा, हितमान शाक्य, वामदेव गौतम, ज्ञामनाथ गैरे, राजिव घिमिरेसहितका नेताहरुले उप्रेतीलाई पार्टीमा स्वागत गर्नुभयो ।

तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा गलकोट क्षेत्रमा उप्रेतीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung