बागलुङ । बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले विद्यालय सुधारको लागि छलफल र अन्तरक्रिया आयोजना गरिएको छ ।
विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको नेतृत्वमा सुरु भएको भौतिक सुधार र आफनो नेतृत्वमा भएका शैक्षिक सुधारको बारेमा जानकारी दिनुहुँदै विद्यालयले आगामी शैक्षिक र भौतिक सुधारका रणनीतिहरु बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, पूर्वप्रधानाध्यापकहरु दिपक ज्योति श्रेष्ठ, लक्ष्मण वझा, ईश्वर बज्राचार्य, जगन्नाथ आचार्य, पूर्व व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज शर्मा, पूर्वशिक्षक डा. डिल्ली राज गौतम, मन केसी, धवलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक विप्लव शर्माले नमूना विद्यालय, गुणस्तरीय शिक्षा, सिकाई उपलब्धी, दक्ष जनशक्ति उत्पादनका साथै शैक्षिक सुधारको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता र शिक्षक भिमप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































