३ श्रावण २०८३, आईतवार

 

जाली नोटको प्रकरणमा अधिवक्ता यामबहादुर चर्माकार पक्राउ

बागलुङ । जाली नोट प्रकरणमा बागलुङका अधिवक्ता यामबहादुर चर्माकार पक्राउ परेका छन् । बागलुङ बजारमा एक हजारका जाली नोट फेला परेपछि प्रहरीले सुक्ष्म अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको सुई चर्माकारतिर सोझिएपछि चर्माकारको साथबाट केही थान जाली एक हजारका नोट फेला परेको हो ।

चर्माकारलाई पक्राउ गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान जारी रहेको जनाएको छ । आज म्याद थपको लागि चर्माकारलाई जिल्ला अदालत बागलुङमा लगेको थियो ।

बागलुङ बजारमा जाली नोट फेला परेपछि अनुसन्धानको क्रममा चर्माकारको साथबाट केहीथान जालीनोट भेटिएपनि अन्य उपकरण फेला नपरेको हो ।

फेला परेका सबै नक्कली नोटमा १६९०३३ नम्बर रहेको छ । बजारबाट व्यापारी र सर्वसाधारणले बैंकमा जम्मा गर्न लगेको नोटको बण्डलबाट जाली नोट परेको थियो ।

नेपाल बैंक बागलुङ शाखा, प्रभु बैंक बागलुङ शाखा, सिद्धार्थ बैंक बागलुङ शाखामा, एनएमबि बैंक बागलुङ शाखाबाट जाली नोट फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung