बागलुङ ।रु २९ करोड लागतमा सडक डिभिजन कार्यालय बागलुङ अन्र्तगत सिगाना पुग्ने १० किमि सडक कालोपत्र सम्पन्न भएको छ ।
बागलुङ जिल्ला सदरमुकामसंगैको सिगाना गाउँमा ट्रयाक खुलेको २८ वर्षमा कालोपत्र सम्पन्न भएको हो । तीन वर्ष अघि २९ करोडमा डेक्का लगाएर कर्ण विल्र्डर्सले उक्त सडक सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।
कुनै समय उकालो चिस्यान सडकका कारण ट्याक्टर र जिप फसेर हैरान बनाउने सडकमा अहिले कार गुड्न थालेका छन् भने स्थानीयलाई बागलुङ बजार आउ–जाउमा मात्रै सहयोग पु¥याएको छैन सिगानामा उत्पादन भएको सुन्तला ढुवानीमा सहज भएको छ ।
उकालो कच्ची सडकका कारण स्थानीयहरुलाई पुगेको सास्ती चिटिक्क परेको कालोपत्र सडकले अन्त्य गरेको छ । अहिले गाउँमा रङ्ग रोगन सहित चिटिक्क परेको कालोपत्र सडकका कारण स्थानीय विकासको आभाष गर्न थालेका छन् ।
ट्रयाक खुलेको २८ वर्षपछि बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सिगाना पुग्ने सडक कालोपत्र सम्पन्न भएर हस्तान्तरण भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीका अनुसार निर्माण व्यवसायीले मुख्य काम सकेर हस्तानतरण गरेपनि एक वर्ष मर्मत संभारको काम गर्ने बताउनुभयो । उहाँले सडक स्थानीयको सहयोगमा राम्रोगरी सम्पन्न भएको र त्यहाँको सुन्तला ढुवानीका लागि सहज भएको बताउनुभयो ।
उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न दुई एक घण्टा भन्दा बढी लागेकोमा सडक कालोपत्र भएपछि २० मिनेटमै सिगाना पुग्न सकिने स्थानीय राजन जिसीले बताउनुभयो ।
“कालोपत्र सकडले यात्राको समय छोटो भयो, स्थानीयको समेत सहयोगमा सडक निर्माणले तिब्रता पायो, केही स्थानमा मर्मत संभारको काम अझै बाँकी भएकाले सडक डिभिजन कार्यालयमा हामीले जानकारी गराएका छौं”
जिसीले भन्नुभयो “हिलाम्मे र धुलाम्मे सडक कालोपत्र भएर जेब्राक्रश, लाईन तथा रङ्ग रोगन हुँदा गाउँकै मुहार फेरिएको पायौ, सुन्तला गाउँका रुपमा चिनिएको सिगानाबो सुन्तला ढुवानीमा समेत सहज भएको छ ।”
सिगानाबासीले वार्षिक चार करोड सम्मका सुन्तला ढुवानीमा सडकले अझै किसानलाई सहज बनाएको छ ।
सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत सडक डिभिजन कार्यालय मार्फत उक्त १० किमी सडक कालोपत्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अहिले सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन् कार र अटोरिक्सा समेत पुग्न थालेपछि सिगानावासीलाई सहज भएको हो
काठेखोलाका कारण वर्खामा ठप्प हुने सिगानाको ग्रामीण सडक विसं २०६४ मा काठेखोलामाथि मोटरेबल पुल निर्माण भएपछि बाह्रैमास सवारीसाधन चल्न थालेकोमा अहिले कालोपत्र सम्पन्न भएपछि झनै यात्रा सहज भएको चालक गोविन्द पौडेलले जानकारी दिनुभयो ।
“उकालो र घुम्ती सडकका सवारी बिग्रेर हैरान हुन्थ्यो, अहिले २० मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ” पौडेलले भन्नुभयो “सडक कालोपत्र भएपछि यात्रुको समय समेत बचत भएको छ ।”
सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्डर्सले निर्माण सम्पन्न गरेर उक्त सडक हस्तान्तरण गरेको सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सडकमध्ये पहिलो चरणमा १० किमी सडक पक्की भएको छ । २०७९ साउन ३० गते रु। २९ करोड लागतमा ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिक अन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक तीन वर्षमा कालोपत्र सम्पन्न भएर हस्तान्तरण भएको हो ।













































































































































































































