३ श्रावण २०८३, आईतवार

 

कुमारी बैंकको २५औँ वार्षिकोत्सवमा ४४ जनाले गरे रक्तदान

बागलुङ । कुमारी बैंक लिमिटेड आफ्नो स्थापना को २५औँ वार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम गरेको छ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहकहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेको बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणाले जानकारी दिनुभयो। बैंकको २५औँ स्थापना दिवसका दिन देशभरिका सातैवटा प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको जानकारी समेत गराउनुभयो।

पोखरामा सम्पन्न भएको रक्तदान कार्यक्रम कुमारी बैंक गण्डकी प्रदेश कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक टोलीले आवश्यक सहयोगमा सम्पन्न भएको थियो।

यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३१५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung