३ श्रावण २०८३, आईतवार

 

सर्वसाधारण नागरिकले सेवा पाउने खालका योजना ल्याउनुस : मन्त्री नेपाली

बागलुङ । सर्वसाधारण नागरिकले सेवा पाउने खालका जनमुखी योजनामा प्रदेश सरकारले लगानी गर्ने गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्द नेपालीले बताउनुभयो ।

नेकपा एमाले बागलुङले आइतबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नेपालीले नेता, कार्यकर्तालाई आम नागरिकको हितका योजना छनौट गर्न आग्रह गर्नुभयो ।

उहाँले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण गर्ने कुरामा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । प्राथमिकताका आधारमा योजना छनौट गरेर कार्यान्वयनमा लैजादा दिगो विकासमा बल पुग्ने उहाँको भनाई थियो ।

सरकारसँग प्रयाप्त मात्रमा बजेट नहुँदा विकास बजेटमा कटौती भएर योजना अलपत्र परेको र त्यसको मार आम नागरिकतले भोग्नु परेको नेपालीले बताउनुभयो ।

जनहितमा योजना बनाउन सबै जिल्लाका विकासे अड्डाका प्रमुखको साझा बैठक बसेर अहिलेसम्म भएको बजेट, खर्च भएको बजेट र गर्न बाँकी कामको समीक्षा गर्ने आफनो योजना सुनाउनु भयो ।

कार्यक्रम एमाले बागलुङका सचिव गणेशबहादुर थापाको अध्यक्षता र उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।

तस्बिर: ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung