३ श्रावण २०८३, आईतवार

 

जनहित माध्यामिक विद्यालयको अध्यक्षमा झमबहादुर खत्री

बागलुङ । जनहित माध्यमिक विद्यालयको अध्यक्षमा समाजसेवी झमबहादुर खत्री चयन हुनु भएको छ । शुक्रबार सम्पन्न अभिभावक भेलाले खत्रीको नेतृत्वमा नयाँ ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा वडा अध्यक्ष राजबहादुर थापा, सुवेदार गंगा बहादुर खड्का, सुवेदार मिनबहादुर थापा, यम कुमारी थापा मगर, भुमा विक, तारा थापा, भविन्द्र गौतम र सदस्य सचिवमा प्रधानाध्यापक बुद्धि प्रसाद गौतम रहनुभएको छ । साथै आमन्त्रित सदस्यमा विष्णु थापा, गुमानसिंह खड्का र केयरसिंह थापा रहनुभएको छ ।

साथै हुम बहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यीय विद्यालयको शिक्षक अभिभावक संघ गठन भएको छ । साथै सदस्यहरुमा अर्मिता परियार, खेमराज भिर्तीकोटी, कोपिला कार्की थापा, ज्ञानबहादुर कार्की, गंगा दर्जी, मनिषा पुन थापा, सुनीता विक र बुद्धि प्रसाद गौतम रहेका छन् ।

भेलालाई गलकोट नगरपालिका ७ मल्मका वडा अध्यक्ष राजबहादुर थापाले विद्यालयको शैक्षिक र भौतिक सुधारको लागि सबै सरोकारवालासँग सहकार्य गर्नु पर्ने बताउनुभयो ।

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता, शिक्षक भविन्द्र गौतमको स्वागत र शिक्षक शुसिला देवी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung