बागलुङ । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले अर्जुन चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
शनिबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुल प्रसाद कँडेल, वालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा जमुना अधिकारी, महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, सचिवमा सोनम थापा क्षेत्री, कोषाध्यक्षमा मोतीलाल पौडेल, सहकोषाध्यक्षमा दशरथ गैरेलाई चयन गरेको छ ।
साथै सदस्यहरुमा गगनबहादुर पुन मगर, प्रेम गिरी, धनश्याम न्यौपाने, टेकप्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गिता खड्का, थुमा कुमारी पौडेल अधिकारी र प्रेम प्रसाद शर्मालाई चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द वझाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
साधारण सभाले नेपाल उद्योग व्यापार महासंघका प्रदेश अध्यक्ष जनकराज पराजुलीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका प्रदेश अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































