३ श्रावण २०८३, आईतवार

 

व्यवसायी कविता बस्नेत सम्मानित

बागलुङ । उद्योग व्यवसायमा सफल महिला व्यवसायीको मनोबल उच्च बनाउन, स्थानीय अर्थतन्त्र र बागलुङको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भनि होटल व्यवसायी कविता बस्नेत सम्मानित भएकी छिन् ।

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा शनिबार बागलुङ बजारमा आयोजित एक कार्यक्रमबीच व्यवसायी बस्नेतलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व बस्नेतलाई नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, महासचिव खिम नारायण पराजुली र प्रदेश अध्यक्ष जनकराज पराजुलीले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

बस्नेतले विसं २०६१ असार १ गते होटल आरती संचालनमा ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung