३ श्रावण २०८३, आईतवार

 

दिल-गंगा प्रधान स्मृति सम्मान शिक्षासेवी अमृत लाल श्रेष्ठलाई

बागलुङ । शिक्षा र समाजमा विशेष योगदान पुर्याए बापत शिक्षासेवी पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख अमृत लाल श्रेष्ठलाई दिल-गंगा प्रधान स्मृति कोषले सम्मान गरेको छ ।

शुक्रबार बागलुङ बजारमा आयोजित २०औँ पुरस्कार वितरण तथा सम्मान  कार्यक्रममा श्रेष्ठलाई कोषका अध्यक्ष काजि रोशन र कार्यक्रमको प्रमुख अथिति गण्डकी प्रदेशका पूर्वपर्यटनमन्त्री मणिभन्द्र शर्मा कँडेलले दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वपर्यटनमन्त्री मणिभन्द्र शर्मा कँडेल, सम्मानित व्यक्तित्व अमृत लाल श्रेष्ठ, समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठ र पूर्वशिक्षक शेरबहादुर प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लेखानी मावि र विद्यामन्दिर माविबाट एसइइमा उत्कृष्ट नंम्बर ल्याउने दुई विद्यार्थीहरुलाई नगद पाँच हजार र कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम दिल-गंगा प्रधान स्मृति कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता, कोषका कोषाध्यक्ष नवराज श्रेष्ठको स्वागत, कोषका संरक्षक दीपक चन्द्र प्रधानको धन्यवाद र कोषका सहसचिव युक्त जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुबा दिल प्रसाद श्रेष्ठ र आमा गंगा श्रेष्ठको स्मृतिमा छोराहरु दीपक चन्द्र प्रधान, प्रकाश प्रधान, डा दिपेश प्रधान, प्रताप प्रधान र छोरी शुभकामना श्रेष्ठले विसं २०६१ सालमा दिल-गंगा प्रधान स्मृति कोष स्थापना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung