बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को शुक्रबार प्रकाशित नतिजामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ३९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
८ जना ३.६०-४०० जिपिए, २० जना विद्यार्थीले जना ३.२०-३६० जिपिए, १० जना विद्यार्थीले ३.००-३.२० र एक जना विद्यार्थीले २.९० जिपिए ल्याएका छन् ।
यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।













































































































































































































