३ श्रावण २०८३, आईतवार

 

जनहित माध्यमिक विद्यालयको एसईईको नतिजा उत्कृष्ट

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा जनहित माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विस २०२१ स्थापना भएको यस विघालयमा अभिभावक र विद्याथीलाई विश्वासमा लिएर शिक्षा मैत्री वातावरण दिएकोले नतिजा अब्बल आएको प्रधानाध्यापक बुद्धि प्रसाद गौतमले बताउनुभयो ।

परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई गलकोट नगरपालिका-७ का वडा अध्यक्ष राजबहादुर थापाले बधाई तथा शुभकामना दिनु भएको थियो ।

यस पटक १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शिक्षा ,सीप र चरित्रमा विशेष ध्यान दिएको यस विद्यालयले विषयगत विविध ज्ञान र अतिरिक्त क्रियाकलापमा पनि सकरात्मक वातावरण सृजना गरेको छ ।

अभिभावकसँग नियमित भेटघाट, अन्तरक्रिया गरेको, विद्यार्थीलाई गृहकार्य गराएको, अध्ययन गर्ने बानी बसालेको, अनुशासनमा बस्न लगाइ मिहेनत गर्न लगाएकोले विद्यार्थीले उत्कृष्ट परिणाम ल्याएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष झमबहादुर खत्रीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung