३ श्रावण २०८३, आईतवार

 

लक्ष्मी सनराइज बैंकद्धारा रामरेखा आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बागलुङ । लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका–१ रामरेखास्थित आधारभूत विद्यालयका दुई जना विद्यार्थीहरूलाई रु पन्ध हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच आर्थिक रूपमा कमजोर, अध्ययनमा मेहनती तथा जेहेन्दार विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यार्थीहरूको शैक्षिक प्रगति र उज्ज्वल भविष्यका लागि सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको लक्ष्मी सनराइज बैंकका शाखा प्रबन्धक सुवास पन्तले जानकारी दिनुभयो ।

शाखा प्रवन्धक पन्तले दुई जना छात्रा विद्यार्थी इच्छा जैसवाल र सनम विकको लागि छात्रवृत्ति रकम विद्यालयकी सहायक प्रधानाध्यापक भुमा थापालाई हस्तान्तरण गर्नु भएको विद्यालयका शिक्षक विष्णु राज पौडेलले जानकारी दिनुभयो ।

बैंकले देशभर विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस प्रकारका गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung