२ श्रावण २०८३, शनिबार

 

बागलुङमा नयाँ प्रहरी प्रमुखका रूपमा फणिन्द्र प्रसाई आउने

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४६ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी)  दानबहादुर कार्कीले गरेको सरुवा अनुसार एसपी भारतीलाई काठमाडौँ उपत्यका शसस्त्र प्रहरी गण–२ महाराजगञ्जमा सरुवा गरिएको छ ।

उहाँको स्थानमा नयाँ प्रहरी प्रमुखका रूपमा एसपी फरिन्द्र प्रसाई बागलुङ आउने भएका छन् । प्रसाईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, आधारभूत तालिम शाखा महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाइएको हो ।

एसपी भारती बागलुङमा रहँदा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएका थिए । नयाँ प्रहरी प्रमुख प्रसाईले जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung