३ श्रावण २०८३, आईतवार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीद्वारा रत्नबहादुर विश्वकर्मा प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारीले बागलुङ नगरपालिका-६ लमगाउँ निवासी रत्नबहादुर विश्वकर्माको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

बागलुङ नगरपालिका-३ किनारा टोलमा सञ्चालनमा रहेको नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यसमिति सदस्य धिरज विश्वकर्माको पुजनिय बुबा रत्नबहादुर विश्वकर्मा प्रति नयाँ विश्व बचत तथा ऋण सहकारीका सल्लाहकार रामचन्द्र राजभण्डारी, अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र कार्यसमिति सदस्य गणेश शर्माले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु गरेका थिए ।

विश्वकर्माको ६४ वर्षको उमेरमा गत जेठ ६ गते देहावसान भएको थियो ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा धिरज विश्वकर्माले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यसमिति सदस्य गणेश शमाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung