२३ जेष्ठ २०८३, शनिबार

 

मध्यताराखोला जलविद्युतमा फलामे पाइपले च्यापेर मजदुरको मृत्यु

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको निर्माणाधीन मध्य ताराखोला जलविद्युत आयोजनामा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।

पानी पठाउने टर्नेल पाइपलाइन जडानको क्रममा फलामे पाईपले च्यापेर एक मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ धस्मर स्थित विद्युतको टर्नेल पाईपमा काम गर्ने क्रममा पाइपले च्यापेर आज रोल्पा जिल्लाको सुनछाहरी गाउँपालिका–३ घरभएका दिल विक गम्भिर घाइते हुनुभएको थियो ।

घाइतेको उद्दार गरी गलकोट स्थित इमर्जेन्सी अस्पताल प्रा.लि.मा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung