२५ जेष्ठ २०८३, सोमबार

 

उद्योग व्यापार महासंघले जेठ २६ मा बजेटमाथि अन्तरक्रिया गर्ने

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले आर्थिक वर्ष २०८३ र ८४ को बजेटबारे समीक्षात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

महासंघका अध्यक्ष खिमनारायण पराजुलीका अनुसार कार्यक्रममार्फत सरकारले सार्वजनिक गरेको बजेटका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे व्यापक छलफल गरिनेछ।

कार्यक्रममा पूर्वअर्थमन्त्री, अर्थविद्, निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा विभिन्न महासंघका प्रतिनिधिहरू वक्ताका रूपमा सहभागी हुनेछन्।

महासंघका महासचिव सूर्य थापाले गत जेठ २४ गते सम्पन्न पदाधिकारी बैठकले बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रममा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षहरूको समेत सहभागिता रहनेछ।

महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले कार्यक्रम जेठ २६ गते मंगलबार बिहान १०ः३० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजना हुने बताउनुभयो।

उहाँले बजेटले उद्योग, व्यापार, लगानी, रोजगारी तथा निजी क्षेत्रका सरोकारका विषयलाई कत्तिको सम्बोधन गरेको छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने जानकारी दिनुभयो।

कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्ष सम्बन्धित निकायसम्म पुर्‍याइने महासंघले जनाएको छ।

नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आएको बजेट, त्यसले अर्थतन्त्र र आर्थिक बजारमा पार्ने प्रभावको बारेमा सुझाव दिनको लागि अन्तरक्रिया आयोजना गर्न लागेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung