बागलुङ । बागलुङ उद्योग वाणिज्य संघ को ६२औँ वार्षिक साधारण सभा असार १३ गते शनिबार हुने भएको छ।
संघका अध्यक्ष राजनकुमार शाक्यका अनुसार बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित वेस्ट वन रेष्ट्रो एण्ड इभेन्ट सेन्टरमा साधारण सभा आयोजना गरिनेछ।
संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले साधारण सभामा आजीवन, साधारण, वस्तुगत तथा एशोसिएट सदस्यहरूको सहभागिता रहने जानकारी दिनुभयो।
सभामा महासचिव इन्द्रमणि पौडेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनिष राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
विसं २०२० सालमा संस्थापक अध्यक्ष शिवकुमार प्रधानको नेतृत्वमा स्थापना भएको संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्य समेत हो।








































































































































































































