बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले बागलुङ नगरपालिका-३ नारायण चोक निवासी हिरा देवी भारीको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष जयराम भारी तथा शुभराम भारी, रघुराम भारी, अनीता भारीका पुजनिय आमा हिरा देवी भारी प्रति क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारी, प्रथम उपाध्यक्ष शिव शंकर शाह, द्धितीय उपाध्यक्ष मनोज श्रेष्ठ र डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजिमान गुरुङ, डिष्ट्रिक्ट कोअर्डिनेटर राजेशचन्द्र राजभण्डारी, डिष्ट्रिक्ट जोन चेयरपर्सन ओमप्रकाश गौतम, पूर्वअध्यक्षहरु तालबहादुर कुँवर, निर्माण कुमार श्रेष्ठ, राजन शाक्य, दुर्गा कुँवर, अनुप रिजाल, केशव सापकोटा र नारायण आचार्यले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु गरेका थिए ।
भारीको ८४ वर्षको उमेरमा गत असार ४ गते विहिबार देहावसान भएको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा शुभराम भारीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
लायन्स क्लब अफ धौलागिरि बागलुङ धौलागिरि क्षेत्रकै पुरानो क्लब हो ।













































































































































































































